फ्यानको होटलमा सोनु सुदको कुकिङ्ग, भिडियो भयो भाइरल

फ्यानको होटलमा सोनु सुदको कुकिङ्ग, भिडियो भयो भाइरल

बलिउड अभिनेता सोनु सुद आफ्ना फ्यानहरूको निम्ति जे पनि गर्न तयार हुन्छन्। फ्यानहरूको मदत गर्ने होस् अथवा उनीहरूलाई खुसी पार्ने जुनसुकै काममा सोनुले सबैको मन जित्ने गर्दछन्।

यतिबेला बलिउडका विभिन्न कलाकारले क्रिसमस मनाइरहेका छन्। अनेक पार्टी गरिरहेका छन्। आफ्नो परिवारसँग रमाइलो गरिरहेका छन्। यस्तो मौकामा सोनु सुद पनि कसैको अनुहारमा मुस्कान फुलाउने कोसिसमा लागिपरेका छन्।

यस वर्ष सोनुले आफ्नो फ्यानको खाजा पसलमा क्रिसमस मनाएका छन्। सोनुले ठूलो सर्प्राइज दिँदै अनिल नाम गरेका आफ्ना फ्यानलाई खुसी बनाएका छन्। सोनु क्रिसमसको मौकामा अनिलको पसलमा पुगेका थिए।

आफ्नो फ्यानलाई भेट्न पुगेको कुरासम्म त ठिकै थियो तर पसलमा पुगेर जब सोनुले कुकिङ्ग गर्न थाले, यो देखेर सबै अचम्मित भए। आज तकका अनुसार, त्यहाँ सोनुले फ्राइड राइस बनाएका थिए। सोनुले कुकिङ गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

आफ्ना फ्यानलाई सोनुले खुसी पारेको यो नै पहिलो मौका भने पक्कै होइन। एकपटक सोनु आफ्नो फ्यानको ठेलामा नारिवल पानी बेच्दै गरेका पनि भेटिएका थिए। उनको त्यो भिडियोलाई पनि मानिसहरूले निकै रुचाएका थिए।

Leave a Reply