कनिका कपुरलाई मा’र्ने ध’म्की, आफैले गरिन् ड’रलाग्दो खुलासा…

कनिका कपुरलाई मा’र्ने ध’म्की, आफैले गरिन् ड’रलाग्दो खुलासा…

बलिउड गायिका कनिका कपुरलाई केही समय पहिले कोभिड – १९ भएको थियो। सम्भवतः कनिका नै पहिलो यस्ती ठूली सेलिब्रेटी थिइन् जसलाई कोरोनाले आफ्नो शि’कार बनाएको थियो। मार्चको महिनामा कोरोना पोजेटिभ कनिकाले त्यस बेला धेरै नै ट्रोल खेप्नु परेको थियो।

उनीमाथि ला’परबाही गरेको र कोरोना परीक्षण नगरेको जस्ता गम्भीर आ’रोप लागेका थिए। कनिका एयरपोर्ट चेकिङदेखि भागेकी थिइन् सम्म पनि भनिएको थियो। यी सबै आरोपका दौरान कनिकाले पुरै भारतको घृणा सहनुपरेको थियो। त्यस समय कनिकाका प्रत्येक स्पष्टीकरण झु’टा र छोटा साबित भएका थिए भने उनीमाथिको ह’मला ठूलो र बढ्दो थियो। त्यसबेलाको मुस्किल क्षणको बारेमा कनिकाले यतिबेला केही खु’लासा गरेकी छन्।

स्पटबोयलाई दिएको अन्तर्वार्तामा ती दिन सम्झिँदै कनिका भन्छिन्, “त्यस मुस्किल समयमा मलाई र मेरो परिवारलाई मा’रिदिने ध’म्की आएको थियो। म त्यतिबेला निकै तनावग्रस्त थिएँ। मेरा बच्चाहरूलाई म’र्न भनिएको थियो। मलाई यस्ता मेसेजहरू आएका थिए जसलाई कुनै पनि कोणबाट राम्रो भन्न सकिँदैन। मान्छेहरू मलाई, तेरो करियर अब सकियो, तँ म’रे पनि हुन्छ भन्दथे। म एकल आमा हुँ, आफ्ना बच्चाहरूबाट टाढा बसेर मैले करियर बनाएकी छु यो कसैले पनि सोचेनन्। मैले मेहनत गरेर आफ्नो करियर बनाएकी हुँ। कसैले भन्दैमा यो कसरी समाप्त हुन सक्छ?”

कनिका अगाडि भन्छिन्, “९ मार्चका दिन म भारत आएँ। त्यतिबेला क्वारेन्टिनको कुनै कानुन थिएन। अर्को दिन होली थियो। म आफ्नो परिवारसँग लखनउ गएँ। यसपछि १६ र १७ गते मलाई ज्वरो आयो। चेक गराउँदा कोरोना पोजेटिभ देखियो। यसअघि मलाई कोरोना छ भन्ने मलाई थाहा थिएन। यदि थाहा हुँदो हो भने म परिवारसँग जाने थिइनँ।

कोरोना जितेर यतिबेला कनिका आफ्नो दैनिक जीवनमा फर्किसकेकी छन् र आफ्नो करियरमा ध्यान दिइरहेकी छन्। उनको नयाँ गीत हालै रिलिज भएको छ। यस वर्ष र यस घ’टनाले आफूलाई ठूलो पाठ सिकाएको कनिकाको निष्कर्ष छ।

Leave a Reply