पाँच दिनअघि ओली कदमलाई ‘आ’त्मघाती’ भन्ने प्रभु साह बने मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमलाई ‘आ’त्मघाती’ बताएका प्रभु साह मन्त्री बनेका छन् ।
प्रचण्ड समूहबाट आएको भोलिपल्टै साहले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । साहले पाँच दिन अघिमात्रै ओलीको संसद विघटन गर्ने कदमलाई ‘आ’त्मघाती’ बताएका थिए ।
साहले सामाजिक संजाल फेसबुकमा लेखेका छन् “नेपाली जनताले नेकपालाई लगभग दुई – तिहाईको ऐतिहासिक स्पष्ट बहुमत मार्फत देशमा स्थायित्व, सुशासन र तिव्र बिकास सहित समृद्धिको लक्ष्य हासिल गर्ने, नेपालको संबिधानमा रहेको त्रुटीहरूलाई सच्याउदै जनताको परिवर्तनको चाहना अनुरूप आवश्यक परिमार्जन गर्ने तथा विश्व कम्युनिष्ट आन्दोलनका लागी समेत एउटा नमुना(मोडल) प्रस्तुत गर्ने सुअवसर प्रदान गरेको अवस्थामा पार्टी नेतृत्वको बिच आपसी सहमतिमा अगाड़ी बढ़नुको सट्टा नेपालको संविधानको मुलमर्म र जनादेश विपरीत २ वर्ष कार्यकाल बाँकी रहदारहदै प्रतिनिधि सभा विघटनको निर्णय गर्नु आफैंमा आ’त्मघाती एवं आ’पत्तिजनक कार्य हो ।”