प्रचण्डलाई छाडेर आएका यी नेता बने मन्त्री…

प्रचण्डलाई छाडेर आएका यी नेता बने मन्त्री…

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा हेरेफेर गर्दै नयाँ  मन्त्रीलाई सामेल गरेका हुन् ।

मन्त्रिपरिषदमा सामेल नयाँ अनुहारमा ‘प्रचण्ड’को समूह छाेडेका ५ जना पूर्वमाओवादी नेता रहेका छन् । पूर्वमाओवादी समुहका टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयकाे जिम्मेवारी दिइएकाे छ । त्यस्तै सहकारी विकासमा प्रभु साह, खानेपानीमा मणि थापा, युवा तथा खेलकुदमा दावा लामा र श्रममा गौरीशंकर चौधरीले जिम्मेवारी पाएका छन्।

सरकारले संसद विघटन घोषणा गरेसँगै प्रचण्ड– नेपाल समूहका  ७ जना मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेका पदमा ओलीले प्रचण्ड निकट नेताहरुलाई मन्त्री बनाएका हुन् । नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार साँझै राष्ट्रपति कार्यालयमा सपथ ग्रहण गराइएको छ ।

Leave a Reply