प्रभु लाइफको आइपिओ बाँडफाँड, हेर्नुहाेस् नतिजा

प्रभु लाइफको आइपिओ बाँडफाँड, हेर्नुहाेस् नतिजा

प्रभु लाईफ इन्स्योरेन्सले निश्कासन गरेको आइपिओ बाँडफाँड भएको छ । शुक्रबार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले सर्वसाधारणलाई निष्काशन गरिएकाे आईपीओ बाँडफाँड गरेको हो ।

६० लाख कित्ता आईपीओका लागि आवेदन दिने १० लाख ४९ हजार ४७ जनामध्ये ५ लाख ४० हजार आवेदकले मात्रै न्युनतम १० कित्ता पाएका छन् । त्यस्तै ५ लाख ९ हजार ४७ योग्य आवेदकले प्रभु लाइफको आइपिओ पाएनन् । कुल आबेदनबाट  ४७ हजार ७२० कित्ता शेयर आबेदन रद्द भएको छ ।

कम्पनीले मंसिर २९ गते देखि पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयरमा सर्वसाधारणले निष्काशनमा ल्याएको थियो ।

रिजल्ट यताबाट हेर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *