ओली पक्षद्वारा प्रदेश इन्चार्जमा हेरेफेर, काे हटेँ, काे थपिए ?

ओली पक्षद्वारा प्रदेश इन्चार्जमा हेरेफेर, काे हटेँ, काे थपिए ?

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले सातै प्रदेश र जनवर्गीय संगठनका इन्चार्जहरु तोकेको छ । विहिबार बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जहरु तोकेको हाे ।

प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकी प्रदेश इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल यथावत छन् ।

त्यस्तै जनवर्गीय संगठनको इन्चार्जमा टोपबहादुर रायमाझी, राजधानी उपत्यकाको जिम्मा कृष्णगोपाल श्रेष्ठलाई दिएको छ । बैठकले प्रचण्डको कार्यकारी अधिकार फिर्ता गरेको छ । साथै बैठकले समसामयिक १६ वटा प्रस्ताव पारित गरेको सो समूहले जनाएको छ ।

 

Leave a Reply