प्रचण्डलाई ओली समूहकाे कारबाही, प्रदेश इन्चार्जमा पनि हेरफेर

प्रचण्डलाई ओली समूहकाे कारबाही, प्रदेश इन्चार्जमा पनि हेरफेर

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले कार्यकारीबाट पुष्पकमल दाहाल प्रचण्डलाई हटाएकाे छ । विहिबार बालुवाटारमा बसेको बैठकले प्रचण्डसँग रहेकाे कार्यकारी अधिकार खोस्ने निर्णय गरेको हो ।  तर, प्रचण्डलाई अध्यक्षबाट भने हटाइएको छैन ।

बैठकले प्रदेश इन्चार्जहरुमा समेत हेरफेर गरेकाे छ ।  प्रदेश १ को इन्चार्जबाट भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिइएको छ । बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेल, कर्णाली प्रदेश इन्चार्जबाट जनार्दन शर्मालाई हटाएर मणि थापा र कर्णाली प्रदेशबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकी प्रदेश इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल यथावत छन् ।

प्रचण्ड समुह छोडेका टोपबहादुर रायमाझीले  जनसंगठन इन्चार्जको जिम्मेवारी पाएका छन् ।

Leave a Reply