युट्युवमा ‘छक्का पन्जा ३’ (हेर्नुहाेस्)

युट्युवमा ‘छक्का पन्जा ३’ (हेर्नुहाेस्)

काठमाडौं : दिपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । बुधबार साँझ हाइलाइट्स नेपालको युट्युवमार्फत  सार्वजनिक भएको फिल्म छाेटाे समयमै  युट्युव ट्रेन्डिङमा अटाएकाे छ  ।

झण्डै ७ लाख पटक हेरिएकाे फिल्म सार्वजनिक युट्युव ट्रेन्डिङ स्थान ६ मा आउन सफल भएको छ । समाचार तयार गर्दासम्म फिल्मले ३३ हजार लाईक र करिब ४ हजार डिस्लाइक समेत पाएको छ ।

फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेको हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *