के पि ओलि तिम्रो घमण्ड मै तोड्न सक्छु – युवा नेता पौडेल

के पि ओलि तिम्रो घमण्ड मै तोड्न सक्छु – युवा नेता पौडेल
    1. नेपाली कांग्रेसका युवा नेता एवं युवा सजगता  अभियान नेपालका अध्यक्ष ई चिन्तन पौडेलले के पि ओलिलाई चुनौती दिएका छन् । हालै ओलिले एक अन्तर्वार्तामा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई चुनाव देखि डराउने नेताको संज्ञा दिएकामा चिन्तनले यस्तो चुनौती दिएका हुन्। तनहुँमा जनताको मतले २०७४ भन्दा पहिलेका ५ वटै संसदीय निर्वाचन जितेका पौडेल निष्ठा र आदर्शका पात्र हुन् । पौडेल ६४ को संविधान सभा निर्वाचन पछि शेर बहादुर देउवालाई पराजित गर्दै नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचित समेत भएका थिए । ४ वर्षको संविधानसभाले ४ प्रधानमन्त्री पायो । पहिलो भएको नेकपा माओवादीबाट २ जना र तेस्रो भएको नेकपा एमालेबाट २ जना प्रधानमन्त्री बने । तर दोस्रो ठूलो पार्टी नेपाली कांग्रेसका संसदीय दलका नेता प्रधानमन्त्री हुनबाट बन्चित भएका थिए । रामचन्द्र पौडेल राष्ट्रिय हित विपरीत कसैसंग नझुक्ने नेताको रुपमा चिनिन्छन त्यसैले हरेक आन्दोलनमा उनको अहम् भुमीका देखिएको हो ।
      ९ पुस , काठमाडौं।

    1. पौडेल जस्तो नेतालाई चुनाव देखि भाग्छ भनेर हल्का टिप्पणी गरेका के पि ओलिका विरुद्द आफैं जितेर देखाइदिने पौडेलका पुत्र समेत रहेका चिन्तन पौडेल दावी गर्छन् । पौडेल नेपालमै हुर्केर उच्च शिक्षा हासिल गर्ने क्रममा १५ वर्ष भन्दा बढी भारत , बेलायतमा योग्यता प्राप्त गरि विगत ७/८ वर्ष देखि नेपाल मै कार्यरत छन् ।

“चुनाव हुने परिस्थिति निर्माण भए र पार्टीले टिकट दिने हो भने – म आफैं के पि ओलि विरुद्द लडेर – जितेर देखाउने छु” । चिन्तन पौडेल भन्छन् ।

राजनीतिमा चिन्तन नयाँ हैनन – सन २००९ मा ४ हजार क्रियाशिल सदस्य भएको नेपाली जन सम्पर्क समिती बेलायतका निर्वाचित केन्द्रीय सदस्य रहेका छन् । २०१० को कांग्रेसको १२ औं महाधिवेशनमा निर्वाचित महाधिवेशन प्रतिनिधि समेत रहेका चिन्तन युवा जागरण अभियानको अध्यक्षको रुपमा विगत ३ वर्ष देखि कृयाशिल छन् । छोटो समयमा ७७ जिल्लामा युवा जागरण अभियानको विस्तार गरेका चिन्तनको अभियानमा हाल नेपाल र विदेशमा ७०० भन्दा बढी युवा सक्रिय छन

Leave a Reply