तोलिमा विद्यालय स्तरीय बालक्लब गठन

तोलिमा विद्यालय स्तरीय बालक्लब गठन

वर्ल्डभिजन ईन्टर नेशनल नेपालको आर्थिक सहयोग, आस्था नेपाल अछामको आयोजना र धनवन्तरी मा बि तोलिको समन्वयमा पन्चदेवल बिनायक नगरपालिका वडा नं, ६ मा रहेको श्री धनवन्तरी मा बि तोलीमा विद्यालय स्तरीय बालक्लब गठन गरिएको छ।
बालबालिकाहरूको हक , अधिकार लाई सुनिश्चित गर्न र बालअधिकारको प्रत्याभुत गराई बालसम्बृध्दि गराउने र बालबालिकाहरूको सर्वाङ्गीण बिकासमा सहयोग पुर्याउने उदेश्यकासाथ उक्त बालक्लब गठन गरिएको हो। बिद्यालयका पूर्व बालक्लब सदस्य कल्पना रावलको अध्यक्षतामा भएको उक्त बाल भेलामा करीब चालिस जना सहभागीहरूको उपस्थिती रहेको थियो।
उक्त भेलाबाट कमल रावलको अध्यक्षतामा १९ सदस्यीय श्री धनवन्तरी बाल क्लब गठन भएको छ । जसको उपाध्यक्षमा टंका रावल र बखत रावल ,सचिबमा दमन बहादुर शाही सहसचिबमा लक्ष्मण रावल,कोषाध्यक्ष अनिता रावल रहने गरी १९ सदस्यीय बालक्लब गठन गरिएको हो।
कार्यक्रममा उक्त बिद्यालयका प्रधानाध्यापक अक्कल  बहादुर रावल प्रमुख अतिथि रहनु भएको भने अतिथीमा आस्था नेपाल बालसंरक्षण परियोजनाका सामाजिक परिचालक जनक बडुवाल र बालस्पोन्सरसीप परियोजनाका लक्ष्मी रावल लगायत रहनु भएको थियो। भने कार्यक्रमको सहजीकरण आस्था नेपाल अछामका खकिन्द्र प्रसाद उपाध्यायले गर्नु भएको थियो।

Leave a Reply