थप ७४३ जना कोरोना संक्रमित थपिए

काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५५ हजार ९ सय ७९ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार ९ सय ५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४६ हजार ६ सय ६१ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा थप ३१८ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा ६ हजार ५ सय ५९ पीसीआर परीक्षण भएको छ। हाल देशभर ७ हजार ५ सय १५ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय ९ जना क्वारेन्टिनमा छन्।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ३ पुगेको छ।