सुशान्तका फ्यानहरूको ट्रो’लपछि अंकिता भन्छिन्, “कुनै कुराको जवाफ मात्र मौनता हुन्छ”

सुशान्तका फ्यानहरूको ट्रो’लपछि अंकिता भन्छिन्, “कुनै कुराको जवाफ मात्र मौनता हुन्छ”

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धनपछि उनकी पूर्वप्रेमिका अंकिता लोखन्डे निकै चर्चामा आइन्। उनले सुशान्तको न्यायका निम्ति लगातार आवाज उठाइरहिन्, सुशान्तको पक्षमा बोलिरहिन्। यसकारण पनि सुशान्तका अधिकांश फ्यानहरूले अंकितालाई साथ दिए।

सबैले माया गरिरहँदा पनि अंकिता कतिपय मौकाहरूमा सुशान्तका फ्यानहरूद्वारा ट्रो’ल भइन्। सुशान्तको पक्षमा बोलिरहँदा पनि सुशान्तका फ्यानहरूले अंकितालाई बाटो देखाएका छन्।

हालै अंकिताले आफ्नो जन्मदिन मनाएकी छन्। त्यस जन्मदिन पार्टीमा अंकिताले सुशान्तका साथी सन्दीप सिंहलाई पनि बोलाएकी थिइन्। यहाँ सुशान्तका फ्यानहरूलाई अंकिताले गरेका दुईवटा काम मन परेनन्। पहिलो त सुशान्तको शोकमा पनि अंकिताले पार्टी गर्नु र अर्को पार्टीमा सन्दीप सिंहलाई बोलाउनु। यसपछि सुशान्तका फ्यानहरूले सामाजिक सञ्जालमा मज्जाले अंकितालाई ट्रोल गर्न थाले।

यति धेरै ट्रोलपछि अन्ततः अंकिताले मुख खोलिन्। उनले आफ्नै तरिकाले सबैको मुख बन्द गरेकी छन्। कसैको नाम नलिकनै अंकिताले सामाजिक सञ्जालमा एउटा भिडियो साझा गरेकी छन्। भिडियोमा अंकिताको अलग अलग रूप देख्न पाइन्छ। भिडियोलाई साझा गर्दै अंकिता लेख्छिन्, “कुनै कुनै कुराको जवाफ मौनता मात्र हुन्छ। र विश्वास गर्नुस्, यो जवाफ निकै सुन्दर हुन्छ।”

 

View this post on Instagram

 

A post shared by Ankita Lokhande (@lokhandeankita)

Leave a Reply