नाताबादको आ’रोपलाई कसरी ब्यालेन्स गर्छिन् सारा? दिइन् यस्तो जवाफ

नाताबादको आ’रोपलाई कसरी ब्यालेन्स गर्छिन् सारा? दिइन् यस्तो जवाफ

बलिउड अभिनेत्री सारा अली खान पछिल्ला दिनहरूमा आफ्नो आगामी फिल्म `कुली नं १´ का कारण चर्चामा छिन्। `कुली नं १´ प्रदर्शनको तयारीमा छ। यसका साथै नायक अक्षय कुमारसँगको आफ्नो आगामी फिल्ममा पनि सारा व्यस्त छिन्।

चर्चित बलिउड नायक सैफ अली खान र नायिका अमृताकी छोरी साराले समय समयमा नेपोटिज्मको आरोपका विभिन्न ट्रोलहरू पनि सहनुपर्छ। यस्तो अवस्थामा `पारिवारिक दवाव र विभिन्न आरोपहरूलाई साराले कसरी ब्यालेन्स गर्छिन्?´ पिंकभिल्लाको यो प्रश्नमा सारा भन्छिन्, “म आफ्नो कामलाई प्रेम गर्छु। चाहे त्यो फोटोशुट, विज्ञापन, फिल्म अथवा प्रमोसन जे सुकै होओस्। म आफ्नो कामलाई जहिल्यै प्रेम गर्छु। त्यसैले यसलाई मैले कहिल्यै दवावको रूपमा लिएकी छैन।

म सैफ र अमृताकी छोरी हुँ र मलाई यस कुराको गर्व छ। यस कुरालाई मैले दवावको रूपमा लिएँ भने उत्कृष्ट प्रदर्शन गर्न सक्ने छैन त्यसैले मैले यस्ता कुरा सोच्दिनँ। बस् मेहनतका साथ अघि बढ्छु। मलाई नेपोटिज्मको आरोप छ र पारिवारिक दवाव छ भनेर हात बाँधेर बसेमा मैले लाभ लिन सक्ने छैन।”

सामाजिक सञ्जालमा सक्रिय सारालाई उनका फ्यानहरूले निकै प्रेम गर्छन्। सारा आफ्ना फोटो र भिडियोहरूमार्फत आफ्ना फ्यानहरूसँग प्रायः जोडिएकी हुन्छिन्।

Leave a Reply