ओलीलाई अध्यक्षबाट हटाउने निर्णय

ओलीलाई अध्यक्षबाट हटाउने निर्णय

काठमाडौं:  केपी शर्मा ओलीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षबाट हटाइएकाे छ । प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटी बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको हो ।

मंगलबार काठमाडौं बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३०० भन्दा बढी सदस्य सहभागी थिए ।

Leave a Reply