प्रधानमन्त्री ओलीले देशलाई ठूलो सङ्कटबाट जोगाए: बिजुक्छे

प्रधानमन्त्री ओलीले देशलाई ठूलो सङ्कटबाट जोगाए: बिजुक्छे

नेपाल मजदूर किसान पार्टीका (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले संविधानभित्रै रहेर प्रधानमन्त्री केपी शर्मा ओलीले कदम चालेको जिकिर गरेका छन् ।

अध्यक्ष  बिजुक्छेले प्रधानमन्त्री ओलीले संसद् भङ्ग गरेर देशलाई ठूलो सङ्कटबाट जोगाएको भन्दै संसद विघटनको कदम उपयुक्त र राम्रो भएकाले त्यसको विरोधमा नलागी नयाँ जनादेशमा जानुपर्नेमा जोड दिएका छन् ।

उनले संविधानले परिकल्पना गरेको मान्यता र संविधानभित्रै रहेर प्रधानमन्त्रीले कदम चालेको जिकिर गर्दै पूर्वसांसद बिजुक्छेले संविधानभित्रका केही कमजोरीलाई संशोधन गरेर जानुपर्ने आवश्यकता भने औंल्याए ।

प्रधानमन्त्री ओलीले ‘कू’ गरे भन्नु गलत भएको टिप्पणी गर्दै नेता बिजुक्छेले राज्य विद्रोह, सैनिक विद्रोह गराएर सत्ता कब्जा गर्ने खेललाई मात्रै ‘कू’ भन्न मिल्ने तर्क राखे । उनले भने, “प्रधानमन्त्रीले ‘कू’ गर्नुभएको होइन, बरु ‘कू’ असफल चाहिँ पार्नुभएको हो ।”

Leave a Reply