वडा स्तरीय बाल स्पोन्सरसिप तथा बाल संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

वडा स्तरीय बाल स्पोन्सरसिप तथा बाल संरक्षण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

अछाम :वडा स्तरीय बाल स्पोन्सर सिप तथा बाल संरक्षण सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम कमलबजार नगरपालिका वडा न. ३ बयालामा सम्पन्न भएको छ ।                                                     आस्था नेपाल र वाक नेपालको आयोजना,वल्ड भिजनको आर्थिक सहयोग र वडा कार्यालयको समन्वयमा भएको कार्यक्रम कमलबजार नगरपालिका वडा न. ३का वडा अध्यक्ष जगत बहादुर बिस्टको अध्यक्षतामा भएको थियो । अभिमुखिकरण कार्यक्रममा बाल स्पोन्सरसिप ,बाल संरक्षण प्रणाली र उत्थानशिल जिविकोपार्जन र पोषण परियोजना सम्बन्धि जानकारी गराइएको थियो । यस्तै कार्यक्रममा वडाका जनप्रतिनिधि ,महिला ,दलित शिक्षक,बालबालिका आस्था नेपालका लभजंग कुवर ,वाक नेपालका महेन्द्र नेपाली , खकेन्द्र बडुवाल लगायत सरोकारवालाहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको संचालन आस्था नेपालका अम्बिका थापाले गर्नु भएको थियो ।

Leave a Reply