प्रतिनिधिसभाको नियमित कामलाई निरन्तरता दिने निष्कर्ष
 
						काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ११४ जना सांसदहरूको भेलाले प्रतिनिधिसभाको नियमित कामलाई निरन्तरता दिने निष्कर्ष निकालेको छ।
सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको हो।
बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ।’ बुधबार नेकपा संसदीय दलको बैठक समेत आह्वान गर्ने निर्णय सांसदहरूको भेलाले गरेको छ।
 
                            
 
                         
                        




