राष्ट्रपतिद्वारा संसद विघटनको घोषणा

राष्ट्रपतिद्वारा संसद विघटनको घोषणा

प्रतिनिधि सभा संसद विघटन भएको छ । प्रधानमन्त्री केपी ओलीले संसद विघटनका लागि गरेको सिफारिसमा  राष्ट्रपति विद्यादेवी भण्डारीले  संसद विघटनको घोषणा गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५ एवं संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्य मान्यता तथा नेपालको आफ्नै र संसदीय प्रणाली भएका विभिन्न मुलुकहरूको अभ्यास बमोजिम संघीय संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा ताजा जनादेशका लागि २०७८ साल वैशाख १७ गते शुक्रबार पहिलो चरणमा र २०७८ साल वैशाख २७ गते सोमबार दोस्रो चरणमा प्रतिनिधि सभाको निर्वाचन समेत तय भएको उल्लेख छ ।

Leave a Reply