अमिताभ बच्चनको जिन्दगीमा सबैभन्दा ठूलो ट’र्चर, आफैले गरे यस्तो खुलासा…

अमिताभ बच्चनको जिन्दगीमा सबैभन्दा ठूलो ट’र्चर, आफैले गरे यस्तो खुलासा…

महानायक अमिताभ बच्चनले कुशल अभिनयका अलावा आफ्ना सुन्दर कविता र हाँसीमजाक, ठट्यौली स्वाभावका कारण पनि मानिसहरूको मन जितेका छन्।

सामाजिक सञ्जालमा सक्रिय अमिताभ प्रायः सञ्जालमा केही न केही साझा गरिरहेका हुन्छन्। आफ्नो पछिल्लो पोस्टमा अमिताभले दुबै हातमा मिठाइ लिएका छन्। अनुहारको भाव हेर्दा उनी निकै खुसी र उत्साहित देखिन्छन् तर उक्त फोटोको क्याप्सनमा यी मिठाइ खान नसक्नुको पी’डा छल्किरहेको छ।

अमिताभले ट्वीटरमा दुईवटा फोटो साझा गरेका छन् । जुन फोटोहरूमा उनी आफ्ना दुबै हातमा रसगुल्ला र गुलाब जामुन नामका मिठाइ समाएर उभिएका छन्। एउटा फोटोमा मिठाइप्रतिको लोभ उनको आँखामा देखिएको छ भने अर्को फोटोमा मिठाइको मिठास उनले दर्शकहरूलाई देखाएका छन्।

यसैको साथमा उनले आफ्नो जिन्दगीको सबैभन्दा ठूलो ट’र्चरको पनि जि’किर गरेका छन्। उनी लेख्छन्, “गुलियो खान छोडेपछि पनि शुटको बेला हातमा मिठाइ थमाइदिएर भर्खरै खाएको जस्तो एकदमै स्वादिष्ट लागेको एक्सप्रेसन निकाल्न भनिन्छ। यो भन्दा ठूलो ट’र्चर जिन्दगी अरू केही हुन सक्दैन!”

अमिताभ यी दिनहरूमा कौन बनेगा करोडपतिको बाह्रौं संस्करणमा व्यस्त छन्। यसै दौरान उनी अन्य विज्ञापनको पनि शुटिङ गरिरहेका छन्।

Leave a Reply