नेहाले झुक्याइन् सबैलाई, भित्रि कुरा त यस्तो रहेछ….

नेहाले झुक्याइन् सबैलाई, भित्रि कुरा त यस्तो रहेछ….

एजेन्सी : भारतीय गायिका नेहा कक्कर गर्भवती भएको खबर सबैतिर फैलिएको छ ।  गायिका कक्करले सामाजिक सञ्जाल इन्टाग्राममा बेबी बम्पको तस्विर सेयर गरेपछि एकाएक उनी गर्भवती भएको खबर फैलिएकाे थियाे । तर कक्करकाे पछिल्लाे इन्टाग्राम पाेष्टले उक्त कुरा साँचाे नभएकाे पुष्टि भएकाे छ ।

नेहाले शुक्रबार सार्वजनिक गरेकाे  पति रोहनप्रीतसँगको उक्त तस्वीरकाे क्याप्सनमा  “#KhyallRakhyaKar” अथवा “ख्याल राख्ने गर।” लेखिएकाे थियाे ।  नेहाको उक्त पोस्टपछि उनलाई सामाजिक सञ्जालमा बधाइको ओइरो लागेको छ।

नेहाको पोस्टको कमेन्टमा उनका भाइ टोनी लेख्छन्, “म मामा बन्दै छु।” यस्तै नेहाका पति रोहनप्रीत कमेन्ट गर्छन्, “अब त धेरै नै ख्याल राख्नुपर्ने छ।” यी सबै कुराले नेहा गर्भवती भएको कुरा संकेत गरेकाे धेरैकाे अड्कल थियाे ।

तर नेहाकाे पछिल्लाे इन्स्टाग्राम पाेस्टमा उक्त तस्वीर एउटा गीतकाे पाेस्टर बनेकाे छ । यसरी हेर्दा पेट बढेकाे तस्विरमार्फत नेहाले गीतको प्रचार गरेको खुलेको छ। नेहा कक्करको उक्त गीतमा रोहनप्रीत पनि देखिने भएका छन् ।

 

 

Leave a Reply