ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

ब्रोकर कमिसन घटाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं : दोस्रो बजारमा सेयरको ब्रोकर कमिसन घटाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्देशन दिएका छन् । शुक्रबार धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका अधिकारीहरुलाई अर्थमन्त्रालयमा बोलाएर पौडेलले यस्तो निर्देशन दिएका हुन् । अर्थमन्त्री  पौडेलले पुँजी बजारसँग सम्बन्धित निकायहरुलाई प्रो–एक्टिभ भएर लाग्न निर्देशन समेत दिए ।

पूँजीबजार बढ्दै र बिस्तार हुँदै गएको बताउँदै उनले अहिलेको समस्या समाधान गर्न समयतालिका तयार बनाएर कार्यान्वयन गर्न निर्देशन दिए । साथै पूँजीबजारको विकासका लागि चालु वर्षको बजेटमा उल्लेखित कार्यहरु समयमा नै सम्पन्न गर्न समेत निर्देशन दिए ।

सेयर बजारमा कारोबार गर्दा हाल  ०.४० प्रतिशत देखि ०.६० प्रतिशतसम्म ब्रोकर कमिसन लाग्दै आएको छ । लगानीकर्ताहरुले यसलाई ०.२५ प्रतिशतसम्ममा झार्नुपर्ने माग गर्दैआएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *