गा’ली गरेर हिट भएका युट्युबर क्यारी मिनाटीले फिल्म खेल्दै, यस्तो छ रोल

गा’ली गरेर हिट भएका युट्युबर क्यारी मिनाटीले फिल्म खेल्दै, यस्तो छ रोल

क्यारीमिनातीको नामले युवामाझ लोकप्रिय बनेका भारतीय युट्युबर अजय नागर अब चाँडै नै फिल्ममा देखिँदै छन्। गा’लीगलौज र व्यङ्ग्य मिश्रित रोस्ट तथा गेमिङ भिडियो बनाउने क्यारीमिनातीले बलिउड नायक अजय देबगनको फिल्मबाट बलिउडमा डेब्यु गर्दै छन्। फिल्ममा क्यारीमिनाती र अजयका अलावा रकुल प्रीत र अमिताभ बच्चनले पनि काम गर्दै छन्। फिल्मको नाम `My Day´ राखिने बताइएको छ।

यसभन्दा पहिले क्यारीमिनाती चर्चित रियालिटी शो बिगबोसमा आउने खबरले माहोल तताएको थियो। पछि क्यारीमिनाती आफैले सो खबर आधारहीन भएको पुष्टि गरेका थिए।

फिल्ममा उनको रोलबारे सोधिएको प्रश्नमा क्यारी भन्छन्, “म यो फिल्मको हिस्सा बन्न पाउँदा निकै उत्साहित भएको छु। फिल्ममा मैले मेरो क्यारीमिनातीकै रोल गर्नुपर्ने भएकाले म यो फिल्म खेल्न राजी भएको हुँ। किनभने यो रोल मेरा लागि निकै सजिलो छ। मैले खाँदा, बस्दा, बोल्दा, सुत्दा हरेक समय यही पात्रसँग जिउने गर्छु। ठूला कलाकारसँग खेल्न पाउँदा मलाई केही सिक्ने मौका जरुर मिल्ने छ।

Leave a Reply