बधाई ! नेपाली सेफ शाह बने ‘मास्टरसेफ यूके’को “उत्कृष्ट तीन”

बधाई ! नेपाली सेफ शाह बने ‘मास्टरसेफ यूके’को “उत्कृष्ट तीन”

काठमाडौँ :  ब्रिटेनका एलेक्स वेब सो प्रतियोगितात्मक टेलिभिजन कार्यक्रम ‘मास्टरसेफ यूके’मा नेपाली सेफ सन्तोष शाहले “उत्कृष्ट तीन”मै चि’त्त बुझाउनु परेको छ।

पाककलासम्बन्धीको उक्त टेलिभिजन प्रतिस्पर्धामा सिराहा कर्जन्हाका ३५ वर्षीय शाहले नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पारेका थिए । नतिजापछि उनले उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेको र नेपाल र नेपाली खानाको जित भएको बताएका छन् ।

“उत्कृष्ट तीन”मा चित्त बुझाएका शाहले ‘ट्रफी हात लगाउनु मात्र जित नभएको भन्दै आफुँले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको’ बताए ।

बुधबार राति भएको शीर्ष चारको प्रतिस्पर्धामा उनले सेफ्स टेबल राउण्डमा जिम्बुले झानेको भेडाको मासु बनाएका थिए। यससँगै उनले रायोको साग, पुदिनाको परौठा, साँधेको भटमास, क्रिस्पी प्याज, स्पाइसी सोयाबिन क्रम्ब्स, बोन म्यारो करी ससलगायत अन्य परिकारहरु पनि जजहरु सामु पस्किएका थिए ।

प्रतियोगिताका प्रत्येक चरणमा नेपाली परिकार पस्किँदै उनी मास्टर सेफको शीर्ष तीनमा पुगेका हुन् । उक्त प्रतियोगितामा विजेता भने यूकेका २५ वर्षीय एलेक्स वेब भएका छन्।

Leave a Reply