माक्र्सवाद अध्ययन केन्द्र अछाम समिति गठन

माक्र्सवाद अध्ययन केन्द्र अछाम समिति गठन

पौष ३ अछाम : माक्र्सवादी अध्ययन केन्द्र अछाम समिति गठन भएको छ । मीन बाब्लिको अध्यक्षतामा १३ सदस्सीय समितिको गठन भएको छ ।

समितिको उपाध्यक्ष भीम बडाहित, सचिव शंकर बिष्ट, सह–सचिव मनिश विक र कोषाध्यक्ष पूजा वुढा चयन भएका छन् ।

समितिको सदस्यमा टेक बटाला, ममता ठकुल्ला, एकेन्द्र कुँवर, नेत्र शाह, दिनेश विक, रुपक वड, युवराज कुँवर, जगत रावल चयन हुनुभएको छ । समिति गठन कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियू अछामका संयोजक धु्रर्व रावल रहनुभएको थियो ।

वदलिदो राजनीति परिस्थित र युवाको नेतृत्व विकासको लागि समितिको गठन गरिएको अध्यक्ष बाब्लिको भनाई रहेको छ । वर्गीय समाजमा शोषक र शोषित समुदायविचको विभेदको लागि शसक्त रुपमा आवाज उठाउने उहाँको भनाई रहेको छ ।

सबै प्रकारका शोषणहरूको पर्दाफासको लागि आवाज उठाउन अनेरास्ववियू अछामका संयोजक धु्रर्व रावलले आग्रह गर्नुभएको छ ।

यस्तै समितिको पहिलो वैठकले समितिको कार्यविधि निर्माण गर्ने, कार्यालयको स्थापना र खाता सञ्चालन गर्ने निर्णय पनि गरेको समितिका सचिव शंकर विष्टले जानकारी दिनुभएको छ ।

Leave a Reply