हनिमुनका लागि निस्किए आदित्य दम्पती

हनिमुनका लागि निस्किए आदित्य दम्पती

गायक तथा होस्ट आदित्यनारायणले हालै आफ्नी प्रेमिका स्वेता अग्रवालसँग बिहे गरेका हुन्। यी दुबैको बिहेले सामाजिक सञ्जाल तातिएको थियो। बिहेका फोटोगरू सञ्जालमा भाइरल बनेका थिए। यो दम्पती यतिबेला ह’निमुनका लागि निस्किएको छ। कश्मिरको चिसोमा जोडिले निकै रमाइलो गरिरहेको छ।

आदित्य स्वेताको हनिमुन ट्रीपको पहिलो फोटो सामाजिक सञ्जालमा आइसकेको छ। आदित्यले आफ्नो र स्वेताको फोटो इन्स्टाग्राम अकाउन्टमा साझा गरेका हुन्। फोटोमा दुबै निकै सुन्दर देखिएका छन्।

आदित्यका अनुसार, कश्मिरमा उनको यो पहिलो ट्रीप हो। यसभन्दा पहिले देशकै सुन्दर यस ठाउँमा आउने मौका उनलाई मिलेको थिएन। उनी लेख्छन्, “हनिमुनको शुरुआत भैसकेको छ। धरतीको स्वर्गमा म पहिलोपटक आएको छु।”

जानकारीका लागि, आदित्य र स्वेताले डिसेम्बर १ का दिन बिहे गरेका थिए। कोरोना महामारीका कारण बिहेमा धेरै पाहुनाहरू सरिक हुन पाएनन्। बिहेको बेला यो जोडीको हरेक फोटोले सामाजिक सञ्जालमा चर्चा बटुलेको थियो।

Leave a Reply