हतियारसहित विप्लव कार्यकर्ता प’क्राउ

हतियारसहित विप्लव कार्यकर्ता प’क्राउ

‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता खोटाङमा प’क्राउ परेका छन् । साकेला गाउँपालिका–बाँझेच्यानडाँडाको सेखुवामा रहेको खलेबारी जंगलमा टेन्ट टाँगेर बसेको अवस्थामा विप्लव’ कार्यकर्ता  केवी तामाङ बागध्वजलाई प्रहरीले प’क्राउ गरेकाे हाे ।

सोलुखुम्बु सोताङ गाउँपालिका–४ घोंदरेका २२ वर्षीय तामाङलाई जंगलमा टेन्ट टाँगेर सेल्टर लिइरहेको अवस्थामा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गएराति प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमौरियाले जानकारी दिए ।

तामाङको साथबाट एक नाल भरुवा ब’न्दुक, रा’इफल तथा पे’स्तोलमा लाग्ने ७३ राउण्ड गो’ली, बा’रुद, छ’र्रालगायत बन्दोबस्तीमा सामानहरु समेत ब’रामद भएको चिमौरियाले बताए । तामाङमाथि हा’तहतियार खरखजना तथा राज्यवि’रुद्धको क’सुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply