बिग बास खेल्न अष्ट्रेलिया उडे सन्दीप

बिग बास खेल्न अष्ट्रेलिया उडे सन्दीप

काठमाडौं :  नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् । अष्ट्रेलियामा जारी चर्चित टि २० क्रिकेट लिग (बिबिएल) का लागि उनी कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन् ।

लामिछानले बुधबार अस्ट्रेलिया पुग्नेछन् भने उनले  १४ दिनको क्वारेन्टिनमा बस्नु पर्नेछ ।  डिसेम्बर १० बाट सुरु भएकाे बिग बासमा सन्दीपले अझै केही खेल गुमाउनु पर्नेछ ।  यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् ।

लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए । उनी आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो ।

Adelaide Soon. ✈️ BBL Hobart Hurricanes .

Posted by Sandeep Lamichhane on Monday, 14 December 2020

Leave a Reply