गजुरेलसँग बिहेको समाचार आएपछि वर्षाले भनिन्: पत्रकारितामाथि प्रश्न उठेको छ

गजुरेलसँग बिहेको समाचार आएपछि वर्षाले भनिन्: पत्रकारितामाथि प्रश्न उठेको छ

अभिनेत्री  वर्षा सिवाकोटीले हास्यकलाकार मनोज गजुरेलसँग नाम जोडेर अनलाइनमा आएका समाचारको खण्डन गरेकी छन्  । विभिन्न अनलाइनहरुमा ‘वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै’ भन्ने समाचार आएपछि अभिनेत्री शिवाकोटीले सामाजिक संजालमार्फत प्रतिक्रिया जनाएकि हुन् ।

सिवाकोटीले भिजिटर बढाउने नाममा यथार्थ भन्दा निकै बाहिर पुगेर गरिएको प्रचारले नेपालको पत्रकारिता क्षेत्रनै बदनाम बनाएको समेत बताएकी छन्। उनले लेखेकी छन् ” पत्रकारितामा गलत न्यारेटिभ सेट गर्ने हिसाबले फैलाइएका यस्ता हल्लाहरुले सहि अर्थमा पत्रकारिता गर्नेमाथि पनि प्रश्न उठेको छ ।”

उनि अगाडी लेख्छिन :  ‘आदरणिय सर मनोज गजुरेलको र मेरो बाटो अलग अलग छ। मेरो उहाँप्रति सम्मान सधैं उचो नै छ। हामीलाई जोडेर कुप्रचार गर्दा कसको पो फाइदा होला र ?’ उनले भनेकी छन्, ‘कलाकार भन्दैमा जे पनि लेख्न र भन्न पाइन्छ भन्ने ‘मानसिक विक्षिप्तता बेलैमा हटाएको राम्रो।’

पढ्नुहोस नायिका शिवाकोटीले फेसबुक पोस्ट

“वर्षा सिवाकोटी र मनोज गजुरेलको बिहे हुँदै” भनेर विभिन्न अनलाइनमा आएको समाचारहरु देख्दा दया लागेर आयो । भिजिटर बढाउने…

Posted by Barsha Siwakoti on Sunday, 13 December 2020

Leave a Reply