३० वर्ष पुरानाे गीतमा यी नायिका गर्दैछिन् व्यायाम – हेर्नुस् भिडियो

३० वर्ष पुरानाे गीतमा यी नायिका गर्दैछिन् व्यायाम –  हेर्नुस् भिडियो

बलिउड अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। सारा आफ्ना फोटो र भिडियोहरू सामाजिक सञ्जालमा साझा गरेर फ्यानहरूसँग जोडिन माहिर छिन्। कहिलेकाही साराले साझा गरेका भिडियो दर्शकहरू हेरेका हेरेई हुन्छन्। अभिनेत्रीको चुलबुले व्यवहारले सबैलाई हँसाउन बाध्य पार्दछ।

त्यस्तै सारासँग एउटा अर्को ट्यालेन्ट छ। उनी यस्तो कुनै पनि काम गरेर देखाइदिन सक्छिन्, जसको बारेमा कसैले सोचेको हुँदैन अथवा गर्न सक्दैन। यतिबेला सामाजिक सञ्जालमा साराको यस्तै एउटा भिडियो भाइरल भएको छ।

सारा फिटनेस चाहन्छिन् र यो कुरा सबैलाई थाहा छ। उनी प्रत्येक दिन जिम गर्छिन्। यो पनि प्रायः सबैलाई थाहा छ। तर ३० वर्ष पुरानो गीतमा सारा व्यायाम गर्न सक्छिन् यो कुरा सबैलाई थाहा नहुन सक्छ। यतिबेला साराले त्यस्तै गरेकी छन्। जिम गर्दा आम रूपमा फास्ट बिटको गीत अथवा प्रेरणादायी गीत सुन्न मान्छे रुचाउँछन् तर सारा ९० को दशकमा हिट रहेको फिल्म `कुली नं १ को ´ `जेठकी दुपहरी में´ बोलको गीतमा व्यायाम गरिरहेकी छन्।

साराको यो भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।

 

View this post on Instagram

 

A post shared by Sara Ali Khan (@saraalikhan95)

Leave a Reply