एक दिनमा ४० वटा अण्डा, ८ घण्टा जिम, यसरी बने बाहुबलीका भल्लालदेव….

एक दिनमा ४० वटा अण्डा, ८ घण्टा जिम, यसरी बने बाहुबलीका भल्लालदेव….

साउथ सुपरस्टार राणा दग्गुबानीले १४ डिसेम्बरका दिन आफ्नो जन्मदिन मनाइरहेछन्। फिल्मी क्षेत्रमा उनले निकै लामो यात्रा तय गरेका छन्। जहाँ उनले राम्रा फिल्महरूमा काम गरेर थुप्रै अवार्डहरूद्वारा सम्मानित पनि भएका छन्।

राणाले सबैभन्दा बढी चर्चा `बाहुबली´ फिल्मको `भल्लालदेव´ चरित्रबाट पाएका हुन्। देशको सबैभन्दा सफल मानिने बाहुबली फिल्ममा राणाको सशक्त भूमिका आज पनि मानिसहरूलाई याद छ। फिल्ममा नायक प्रभास मुख्य भूमिकामा थिए तर राणाबिनाको बाहुबली कसैले कल्पनासम्म पनि गर्न सक्दैनन्।

भल्लालदेव बन्नका लागि राणाले थुप्रै मे’हनत गरेका थिए। फिल्मको तयारीका दौरान राणाले आफ्नो शरीरलाई चुनौती नै दिएर बदलेका थिए। भनिन्छ, राणाले दैनिक ४००० क्यालोरी लिनु पर्दथ्यो। यति ठूलो परिवर्तनका लागि राणाले दैनिक ४० वटा अण्डा खाने गर्दथे। र दैनिक ८ घण्टा जिममा पसिना ब’गाउने गर्दथे। एउटा आम व्यक्तिले दिनमा ३ पटक खाना खाने गर्दछ। तर राणाले भल्लालदेव बन्नका लागि दिनमा ८ पटक खाना खाने गर्दथे।

राणाका अनुसार, फिल्मका लागि उनले १०० किलो वजन बढाएका थिए। वजन बढेसँगै पेट पनि बाहिर निस्कने भएकाले यसको मेन्टेनका लागि उनले धेरै मेहनत गरेका थिए। ताकी पेट होइन मांसपेशी मात्र बाहिर देखियोस्। यसपछि मात्र हामीले भल्लालदेवको सानदार बडी देख्न पायौँ।

Leave a Reply