सरकारको विरोध गर्दै नेविसंघ अछामले मोटरसाईकल र्याली सहित सिट्टी फुक्यो

सरकारको विरोध गर्दै नेविसंघ अछामले मोटरसाईकल र्याली सहित सिट्टी फुक्यो

अछाम । सरकारको अर्कमण्यता, सर्बसत्तावाद र अभिनायकावदका बिरुद्ध नेविसंघ अछामले बिरोध प्रर्दशन गरेको छ । बिरोध कार्यक्रम अन्र्तगत नेविसंघ अछामले आज साँफेबगर हुदैँ जगयढ सम्म मोटरसाईकल र्याली सहित सिट्ठी फुकेको छ ।

तनुहँ घट्ना र सरकारका अन्य दमनको प्रतिवाद गर्न नेबिसंघ केन्द्रको निर्देशन बमोजिम देशव्यापी बिरोध प्रर्दशन अन्र्तगत साँफेबगर र जयगढमा मोटरसाईकल र्याली सहित सिट्ठी फुक्ने कार्यक्रम भएको नेबिसंघ अछामले जनाएको छ ।

नेविसंघ अछामका अध्यक्ष नृप साँउदको नेतृत्वमा बिरोध प्रर्दशनको कार्यक्रम गरिएको संघका जिल्ला सचिव बम बहादुर स्वाँरले  जानकारी दिए ।

नेबिसंघका पदाधिकारी तथा अन्य नेता कार्यकर्ताको सहभागीतामा मोटरसाईकल र्याली सहित सिट्ठी फुक्ने कार्यक्रम गरिएको सचिव स्वाँरको भनाई छ ।

जिल्लाको सदरमुकाममा हुनुपर्ने कार्यक्रम मंगलसेन नगरपालिकामा कोरोना संक्रमण दर उच्च भएका कारण नगरपालिका सिल गरिएकाले कार्यक्रम साँफेबगर सारिएको अध्यक्ष साँउदले जानकारी दिए ।

कार्यक्रममा नेपाली कांग्रेस अछामका सभापति भरत स्वार, दलित संघ अछामका अध्यक्ष टक्कर ताम्राकार, नेपाल विद्यार्थी संघका नेता डिवि सुनार लगायत नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

कोरोना महामारीको बेला सरकारले देखाएको उदासीनता, बढ्दो भ्रष्टाचार, महंगी, लोकतन्त्र माथिको ठाडो हस्तक्षेप लगायत सरकारका गलत प्रवृत्तिको भण्डाफोर गर्न बिरोध प्रर्दशन गरिएको नेबिसंघ अछामका सचिब बम बहादुर स्वारले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *