नारायणकाजीको पक्षमा बोल्दै प्रचण्डले गरे यस्तो आग्रह

नारायणकाजीको पक्षमा बोल्दै प्रचण्डले गरे यस्तो आग्रह

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको विषयमा अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्ष प्रचण्डले स्व. कमानसिं लामा र हाइड्रोपावरको विवादमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा जोडेर प्रचार भएकाे बताएका हुन् ।

प्रवक्ता श्रेष्ठले लामा र हाइड्रोपावरको विवाद मिलाउने भूमिका खेलेको भन्दै  प्रचण्डले अनावश्यक प्रचारको भ्रममा नपर्न र यसमा नलाग्न आग्रह गरेका छन् ।

आइतबार बसेको स्थायी कमिटीको बैठक केन्द्रीय सदस्य लामाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकपछि प्रवक्ता श्रेष्ठले उनको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *