सन्नी लियाेन र इमरानको छोरा विश्वविद्यालयमा पढ्दै ? बलिउडमा खैलाबैला…..

सन्नी लियाेन र इमरानको छोरा विश्वविद्यालयमा पढ्दै ? बलिउडमा खैलाबैला…..

हालै बिहारको मुजफ्फरपुरबाट एउटा यस्तो घ’टना अगाडि आएको थियो, जसमा बिए दोस्रो वर्षका एक विद्यार्थी युवकले आफ्नो भर्ना फारममा सनी लियोन र इमरान हासमीको नाम आफ्ना मातापिताको रूपमा लेखाएका थिए। सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि यो खबर बाहिरिएको हो। केही समय पहिले यस घ’टनाबारे इमरान हासमीले प्रतिक्रिया दिएका थिए।

उक्त खबर भाइरल भएपछि त्यसको लिङ्क साझा गर्दै इमरान हासमीले लेखेका थिए, “त्यो मेरो छोरा होइन। म कसम खाएर भन्छु।” इमरानको यो पोस्टमा एक फ्यानको मजाकिया कमेन्ट आएको थियो, “यो त अत्ति भो। म ठोकुवा गरेर भन्छु। अब चर्चित हुनका लागि धेरैले तपाईंलाई आफ्नो पिता बनाउने छन्।”

मुजफ्फरपुरको बाबा साहेबभीम राव अंबेडकर बिहार विश्वविद्यालयका स्नातक दोस्रो वर्षका छात्रले यो पागलपन देखाएका हुन्। दोस्रो वर्षको परीक्षाका लागि भरिने फारममा मातापिताको नाम लेख्ने ठाउँमा उनले सनी लियोन र इमरान हासमीको नाम लेखेका हुन्। साथै आफ्नो ठेगाना लेख्ने ठाउँमा उनले चतुर्भुज बनाएका छन् जुन शहरको रेडलाइट एरिया हो।

इमरानको प्रतिक्रिया बाहिरिएपछि फ्यानहरूले सनी लियोनको प्रतिक्रिया पर्खिरहेका थिए। अन्ततः सनी लियोनले यसबारे प्रतिक्रिया जनाएकी छन्। सनीले उक्त फारामको फोटो राख्दै ट्वीट गरेकी छन्,”यो बच्चा सानदार छ। यति ठूलो सपना देख्ने यसको आफ्नै तरिका छ। हाहाहा।”

Leave a Reply