अभिनेत्री चित्राले गरिन आत्मह’त्या

अभिनेत्री चित्राले गरिन आत्मह’त्या

दक्षिण भारतीय चर्चित अभिनेत्री तथा टेलिभिजन उद्घोषक चित्रा बुधबार बिहान होटलमा मृ’त भेटिएकी छन्। २८ वर्षीया चित्राले दे’ह’त्या’ग गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

समाचार अनुसार उनले नसरपेटस्थित एक होटलको कोठामा पा सो ल’गा’एर दे’ह’त्या’ग गरेकी छिन् । उनले हालै चेन्नईको एक चर्चित व्यापारी हेमन्त रविसँग इन्गेजमेन्ट गरेकी थिइन् । नायिका भिजेलाई पांडियन स्टोर्सको सिरियलमा उनको भूमिकाका लागि चिनिन्छ । जुन अहिले टिभीमा प्रसारण भइरहेको छ । चित्रा यो धारावाहिकमा मुलईको भूमिकामा छिन् ।

एक रिपोर्टका अनुसार इविपी फिल्म सिटीमा सुटिङ गरेपछि चित्रा राती करिब साढे २ बजे होटल फर्किएकी थिइन् । उनी होटलमा आफ्ना प्रेमीसँग बसिरहेकी थिइन् । प्रहरीलाई दिएको बयानमा हेमन्तले भने, ‘होटल आएपछि चित्राले आफू नुहाउन जान लागेको बताइन् तर धेरै बेरसम्म उनी बाहिर आइनन्, बाथरुमको ढोका ढक्ढकाउँदा पनि उनले कुनै प्रतिक्रिया दिइनन् ।

Leave a Reply