जब एक युवकले सनी लियोन र इमरान हासमी आफ्ना मातापिता हुन् भने…..

जब एक युवकले सनी लियोन र इमरान हासमी आफ्ना मातापिता हुन् भने…..

बिहारको मुजफ्फरपुरबाट एउटा यस्तो घ’टना अगाडि आएको छ, जसमा बिए दोस्रो वर्षका एक विद्यार्थी युवकले आफ्नो भर्ना फारममा सनी लियोन र इमरान हासमीको नाम आफ्ना मातापिताको रूपमा लेखाएका छन्। सामाजिक सञ्जालमा तस्वीर भाइरल भएपछि यो खबर बाहिरिएको हो। यस घटनाबारे इमरान हासमीले यतिबेला प्रतिक्रिया दिएका छन्।

उक्त खबरको लिङ साझा गर्दै इमरान हासमी लेख्छन्, त्यो मेरो छोरा होइन। म कसम खाएर भन्छु।” इमरानको यो पोस्टमा एक फ्यान कमेन्ट गर्दछन्, “यो त अत्ति भो। म ठोकुवा गरेर भन्छु। अब चर्चित हुनका लागि धेरैले तपाईंलाई आफ्नो पिता बनाउने छन्।”

मुजफ्फरपुरको बाबा साहेबभीम राव अंबेडकर बिहार विश्वविद्यालयका स्नातक दोस्रो वर्षका छात्रले यो पागलपन देखाएका हुन्। दोस्रो वर्षको परीक्षाका लागि भरिने फारममा मातापिताको नाम लेख्ने ठाउँमा उनले सनी लियोन र इमरान हासमीको नाम लेखेका हुन्। साथै आफ्नो ठेगाना लेख्ने ठाउँमा उनले चतुर्भुज बनाएका छन् जुन शहरको रेडलाइट एरिया हो।

इमरानको प्रतिक्रिया बाहिरिएपछि फ्यानहरूले यतिबेला शनि लियोनको प्रतिक्रिया पर्खिरहेका छन्। सनी लियोन यसबारे केही पनि बोलेकी छैनन्।

Leave a Reply