एक समय ढोका फुटाउन नामी यी कलाकार के गर्दै छन् अहिले?

एक समय ढोका फुटाउन नामी यी कलाकार के गर्दै छन् अहिले?

बलिउड अभिनेता दयानन्द सेट्टीले शुक्रबार आफ्नो ५१ औं जन्मदिन मनाइरहेछन्। `दिलजले, जानी गद्दार, रनवे तथा सिंघम रिटन्स्´जस्ता फिल्ममा काम गरिसकेका यी अभिनेतालाई टिभी कार्यक्रम CID ले सबैभन्दा बढी लोकप्रिय बनायो। सोनी टिभी मा प्रसारण हुने CID कार्यक्रममा उनके दयाको भूमिका निभाएका थिए।

वर्ष १९९८ मा शुरू भएको यो कार्यक्रम दयाको पहिलो शो थियो। यसमा उनले २००५ सम्म काम गरे। शो मा दयाको ढोका फुटाउने अन्दाज निकै लोकप्रिय भयो। शो को सबैभन्दा यादगार रोचक प्रसङ्ग नै दयाको ढोका फुटाउने सिन नै मानिन्छ।

शो का धेरै सदस्यले ढोका फुटाउने सिन गरेका थिए तर दयाको ढोका फुटाउने सिन मात्र दर्शकमाझ लोकप्रिय बन्यो। CID पछि दयाले `गुटर गु, अदालत तथा सिआइएफ´ जस्ता शो मा काम गरे। २०१९ पछि दयाको कुनै नयाँ शो अएको छैन।

अब चाँडै दया MX Player मा आउने वेब सिरिजमा देखिँदै छन्।

Leave a Reply