सन्दीप बिग बास खेल्न अष्ट्रेलिया जाँदै…..

सन्दीप बिग बास खेल्न अष्ट्रेलिया जाँदै…..

चर्चित टि – २० क्रिकेट लिग बिग बास लिग (बिबिएल) आज देखि सुरु भएको छ । आज सम्पन्न पहिलो खेलमा नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आबद्ध हुरिकन्सले सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गरेको छ ।

त्यस्तै लामिछाने बिग बास लिग (बिबिएल) खेल्न अर्को साता अष्ट्रेलिया जाने भएका छन्  । तेस्रो पटक बिग बास खेल्ने तयारीमा रहेका लामिछाने आगामी मङ्गलबार कतार एयरवेजबाट अष्ट्रेलिया प्रस्थान गर्नेछन ।

अष्ट्रेलिया पुगेपछि लामिछानेले १४ दिन क्वारेन्टिनमा बस्नु पर्नेछ  । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले उनले केही खेल गुमाउने छन्  । लामिछानेले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।

 

Leave a Reply