तुर्माखाँद गाँउपालिका अध्यक्ष शर्मालाई कोरोना संक्रमण

तुर्माखाँद गाँउपालिका अध्यक्ष शर्मालाई कोरोना संक्रमण

अछाम : जिल्लाको तुर्माखाँद गाँउपालिकाका अध्यक्ष पुष्पराज शर्मालाई कोरोना संक्रमण भएको छ । कमलबजार पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा अध्यक्ष शर्मालाई कोरोना पुष्टी भएको प्रयोगशालाले जनाएको छ ।

बिहिबार प्राप्त रिपोर्ट अनुसार अध्यक्ष शर्मालाई पनि कोरोना संक्रमणको पुष्टी भएको प्रयोगशालका सुचना अधिकारी टेक बहादुर बिष्टले बताए । कोरोना संक्रमण पुष्टी भएपछि आफु होम आईश्वलेसनमा बसेको अध्यक्ष शर्माले बताए । अध्यक्ष शर्माका अनुसार स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

अछाममा पछिल्लो समयमा जनप्रतिनिधी, स्वास्थ्यकर्मी तथा संचारकर्मीहरुमा कोरोना संक्रमण देनि थालेको छ । यसअघि कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्ट, पञ्चदेवल बिनायक नगरपालिकाका नगर प्रमुख देवराज देवकोटा र मंगलसेन नगरपालिकाका उपप्रमखु सरिता उपाध्यायलाई समेत कोरोना संक्रमण देखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *