टि–२० बरियतामा सन्दीपलाई सफलता

टि–२० बरियतामा सन्दीपलाई सफलता

नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आइसीसीले जारी गरेको नयाँ टि–२० बरियता अनुसार एक स्थान माथि उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीकाे नयाँ बरियता अनुसार लामिछाने टि–२० बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुगेका हुन् ।

आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा लामिछानेले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पारेका हुन्  । याेसँगै जडेजा ८१ औँ स्थानमा पुगेका छन् । यसअघिको बरियतामा लामिछाने ८१औँ स्थानमा थिए।

चर्चित बलरहरु बेन स्टोक र कार्लोस ब्रेथवेट पनि नयाँ बरियतामा लामिछानेभन्दा पछाडि छन्। नयाँ बरियातामा बे्रथवेट ८२ औँ स्थानमा तथा स्टोक ८५औँ स्थानमा रहेका  छन् ।

लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपीएल) पछि कुनै पनि प्रतियोगिता खेलेका छैनन् । इन्डियन प्रिमियर लिग (आइपीएल) मा कुनै पनि खेल खेल्न नपाएका कारण लामिछानेको बरियतामा उल्लेख्य सुधार हुन नपाएको हाे ।

Leave a Reply