सपनाले देवघाटमा पुगेर गरिन बेवारिसे शवको दाहसंस्कार ( भिडियो सहित )

सपनाले देवघाटमा पुगेर गरिन बेवारिसे शवको दाहसंस्कार ( भिडियो सहित )

बेवारिसे अवस्थामा भेटिएका शव पशुपतिमा जलाउँदै आएकी सपना मगर चितवनको देवघाटमा पुगेर फेरी बेबारिसे शवको दाहसंस्कार गरेकि छिन।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले हरेक वर्ष विभिन्न क्षेत्रमा काम गर्दै संघर्ष गरेर सफलता पाएका प्रेरणादायी तथा प्रभावशाली एक सय जनाको सूचीमा पर्न सफल सपनाले त्यो उपाधी पाएपछि पहिलो पटक चितवन पुगेर काम गरेकी हुन् ।

उनले अर्का एक व्यक्तिसँग मिलेर काठमाडौंको सडकमा बेवारिसे अवस्थामा भेटिने शवको पोस्टमार्टमपछि पशुपति लगेर दागबत्ती दिने र शव जलाउने काम गर्दै आएकी छन्।

उनको कामको बारेमा बीबीसीले लेखेको छ, सामान्यतया हिन्दु संस्कार अनुसार छोरीले दागबत्ती दिनुहुँदैन भन्ने चलन भए पनि उनले भने यो काम गर्दै आएकी छन्। सूचीमा एक जनाको ठाउँ खाली राखिएको छ, बीबीसीले भनेको छ, अरुको लागि काम गर्ने क्रममा कयौं महिलाले बलिदानी दिएका छन्, तिनैको श्रद्धान्जली स्वरुप एक ठाउँ खाली छोडिएको छ।

भिडियो

Leave a Reply