सगरमाथाको नयाँ उचाइ  सार्वजनिक, कति बढ्याे ?

सगरमाथाको नयाँ उचाइ  सार्वजनिक, कति बढ्याे ?

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ  सार्वजनिक भएकाे छ ।

नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् । जसअनुसार सगरमाथाको नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएको छ । अर्थात सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ ।

गत मंसिर १० मा मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणाको स्वीकृति दिएको हो।  त्यसपछि नेपालले चीनसँग समेत समन्वय गर्दै उचाइ घोषणा गरेको हो ।

चीनका राष्ट्रपति सी चिनफिङ गत वर्ष नेपाल भ्रमणमा आएका बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो। नेपालले आधिकारिक रूपमा उल्लेख गर्ने आठ हजार ८४८ मिटर उचाइ भारतले सन् १९५४ मा मापन गरेको हो।

नेपालले अहिलेसम्म यसलाई आधिकारिक रूपमा मान्यता दिएको छ । यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएकाे थियाे  ।

सन् १९९९ मा अमेरिकाले मापन गर्दा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले सन् २००५ मा मापन गर्दा आठ हजार ८४४ मिटर थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *