‘म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु’ : स्वेता खड्का

‘म थप शसक्त नारीको रुपमा तपाईहरुको सामुन्ने प्रस्तुत हुनेछु’ : स्वेता खड्का

अभिनेत्रि स्वेता खड्का विवाह बन्धनमा बाँधिएकि छिन् । साेमबार राजधानीको गोकर्ण रिसोर्टमा आयोजित एक कार्यक्रममा खड्काले धनगढीका विजयन्द्रसिंह रावतसँग लगनगाठाे कसेकि हुन् ।

विवाह पश्चात सामाजिक सञ्जाल फेसबुक मार्फत खड्काले आफूले आफ्नो सिउँदोमा सिन्दुर भरेको उल्लेख गर्दै हातमा सप्तरंगी चुरा लगाएर आफूलाई रंगिन पहिरन भित्र सजाएको बताएकी छिन् ।

स्वेता लेख्छिन्–‘मैले जिन्दगीको अर्को एउटा यात्रामा पाइला चालेँ । मैले सुरु गरेको जिन्दगीको यो अर्को अध्यायमा अझै धेरै गर्न बाँकी छ । मैले नेपाली सिने जगतलाई मेरो शिरको सिन्दुर जस्तै अझै उच्च स्थानमा पुर्याउनु छ ।’

अनत्वगोत्वा : मैले सिउँदोमा सिन्दुर भरें , हातमा सप्तरङ्गी चुरा लगाएँ अनी रङ्गिन पहिरन भित्र आफुलाई सजाएँ । मैले…

Posted by Shweta Khadka on Monday, 7 December 2020

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *