जिममा पसिना बगाउँदै सारा अली खान, भाइरल भयो भिडियो

जिममा पसिना बगाउँदै सारा अली खान, भाइरल भयो भिडियो

बलिउड अभिनेत्री सारा अली खान पछिल्लो समय सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। एकातिर सारा आफ्नो आगामी फिल्म `कुली नं १´ को प्रमोसन गरिरहेकी छन् भने अर्कोतिर आफ्नो दैनिक जीवनका फोटो र भिडियोहरू साझा गरेर आफ्ना फ्यानहरूसँग जोडिँदै छिन्।

साराले हालै इन्स्टाग्राम अकाउन्टमा आफ्नो व्यायामको नयाँ भिडियो साझा गरेकी छन्। उक्त भिडियोमा सारा आफ्नो व्यायाम प्रशिक्षकसँग व्यायाम गरिरहेकी देखिन्छिन्। सारा आफूलाई चुस्त तन्दुरुस्त राख्न विभिन्न प्रकारका व्यायाम गर्दै पसिना बगाइरहेकी छन्।

भिडियोमा सारालाई कहिले पुस अप त कहिले स्काउट्स व्यायाम गर्दै गरेको देख्न सकिन्छ। अभिनेत्रीको भिडियो हेरेर तपाईंलाई पनि आफ्नो स्वास्थ्यको चिन्ता र ख्याल हुने छ। हेरौं साराको व्यायाम भिडियो

 

View this post on Instagram

 

A post shared by Sara Ali Khan (@saraalikhan95)

Leave a Reply