बिहेपछि आदित्यले किने नयाँ घर…

बिहेपछि आदित्यले किने नयाँ घर…

गायक तथा होस्ट आदित्यनारायणको जिन्दगी बिहेपछि धेरै बदलिएको छ। जो गायक केही दिन पहिले पैसाको अभावमा निराश देखिन्थे अब उनी बिहेपछि आफ्ना हरेक सपना पूरा गर्ने बाटोमा हिँडेका छन्।

स्वेतासँगको बिहेपछि आदित्यले आफ्नो सपनाको घर किनेका छन्। पाँच बेडरुम भएको उक्त आलिसान अपार्टमेन्टमा आदित्य अब केही महिनामै सर्ने तयारी गरिरहेका छन्।

रमाइलो कुरा त के छ भने आदित्यले आफ्ना पिताको घर नजिकै अंधेरी भन्ने स्थानमा नयाँ घर किनेका हुन्। आफ्ना पिताको घरभन्दा केही मात्र दूरीमा घर किनेका आदित्य निकै उत्साहित छन्।

आफ्नो यस नयाँ घरको बारेमा आदित्यले बेलीबिस्तार लगाएका छन्। एउटा समाचार मिडियालाई दिएको अन्तर्वार्तामा आदित्य भन्दछन्, “मैले अंधेरीमा एउटा नयाँ ५ बिएचके किनेको छु। यो मेरा मातापिताको घरभन्दा तीन भवनमात्र टाढा छ। ३/४ महिनामा हामी त्यस घरमा सर्ने छौँ।

लकडाउनको समयमा आदित्य पैसाको अभावमा बाँचिरहेका छन् भन्ने कुरा बाहिरिएको थियो। त्यतिबेला उनको खातामा जम्मा १८००० मात्र बाँकी थियो। यस्तोमा उनले यो घर कसरी किने? भन्ने सवाल महत्त्वपूर्ण छ। यसबारे आदित्य भन्छन्, ” मैले वर्षौंदेखि आफ्नो सपनाको घर किन्नका लागि पैसा जम्मा गरिरहेको थिएँ। यो घर मैले लकडाउनभन्दा पहिले नै किनेको हुँ। पहिलेदेखि नै मलाई यो अपार्टमेन्ट किन्न मन थ्यो। पैसा पुगेपछि किन्ने मनसाय बनाएँ र किनेँ।”

Leave a Reply