सहायक प्रमखु जिल्ला अधिकारीको जिम्मेवारी तिमिल्सैनालाई

सहायक प्रमखु जिल्ला अधिकारीको जिम्मेवारी तिमिल्सैनालाई

अछाम : जिल्लाको सहायक प्रमखु जिल्ला अधिकारीमा रञ्जन तिमिल्सैना सरुवा भएर आउनु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा कार्यरत तिमिल्सैना अछाम सरुवा भएर आएका हुन् ।

तिमिल्सैना अछाम पुगेसंगै सोमबार जिल्ला प्रशासन कार्यालय अछाममा हाजिर भएका छन् । यसअघि स्थानिय तहमा समेत काम गरेको अनुभव संगालेका तिमिल्सैनाले अछामको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएका हुन् ।

अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ कुईका घर भएका तिमिल्सैना ८ बर्ष अघि सरकारी सेवा प्रबेश गरेका थिए ।

कार्यालय हाजिर भएपश्चात सुदूरआजलाई छोटो प्रतिक्रिया दिदैँ तिमिल्सैनाले भने ‘जिल्लाको सुशासन, पार्दशिता र जनमैत्री सेवाका पक्षमा काम गर्नेछु’ ।

Leave a Reply