टि-२० सिरिज जित्दै भारतले लियो अष्ट्रेलियासँग बदला

टि-२० सिरिज जित्दै भारतले लियो अष्ट्रेलियासँग बदला

अष्ट्रेलियासँग वानडे सिरिज गुमाएकाे भारतले टी-२० सिरिज भने कव्जा गरेकाे छ । आइतबार भएको दोस्रो टि-२० खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै भारतले एक खेल अगावै टि -२० सिरिज जितेको हो ।

सिड्नी क्रिकेट मैदानमा टस हारेर ब्याटिंगको निम्तो पाएको घरेलु टिम अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । १९५ रनको लक्ष्य पछ्याएको भारतले २ बल बाँकी छँदै लक्ष्य भेटायो ।

भारतका लागि शिखर धावनले सर्वाधिक ५२ रन बनाए भने , कप्तान विराट कोहलीले ४०, केएल राहुलले ३०,  संजु सामसुनले १५ तथा हार्दिक पान्ड्याले ४२ र  श्रेयस ऐरले १२ रनको नटआउट पारि खेले । बलिंग तर्फ अष्ट्रेलियाका एन्ड्रयु टाई, मिचेल स्विपसन, एडम जाम्पा र डानियल साम्सले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिंग गरेको घरेलु टिम अष्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ बनाएको थियो । जसका लागि म्याथ्यु वेडले सर्वाधिक ५८ रन बनाए भने स्टिभ स्मिथले ४६, हेनरिक्स मोइसेसले २६, ग्लेन म्याक्सवेलले २२, मार्कस स्टोइनिसले १६, डार्सी सर्टले ९ तथा डानियल साम्सले ८ रन बनाए । बलिंग तर्फ भारतका टि नटराजनले २ विकेट लिए भने युजभेन्द्र चहल र शार्दुल ठाकुरले समान १/१ विकेट लिए ।

SYDNEY, AUSTRALIA – DECEMBER 06: Steve Smith of Australia reacts after being struck high on the thigh during game two of the Twenty20 International series between Australia and India at Sydney Cricket Ground on December 06, 2020 in Sydney, Australia. (Photo by Matt King – CA/Cricket Australia via Getty Images)

Leave a Reply