डोटीमा जीप दु’र्घटना: मृत्यु हुनेकाे संख्या ४ पुग्याे

डोटीमा जीप दु’र्घटना: मृत्यु हुनेकाे संख्या ४ पुग्याे

डोटीमा जीप दु’र्घटना मृत्यु हुनेकाे संख्या ४ पुगेकाे छ ।  जिल्लाकाे बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ चवराचौतारामा राति दु’र्घटना परि दुर्घटनामा परी गम्भीर घाइते भएका तीन वर्षीय बालक मुकुन्द अवस्थीको उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका निज बालकलाई गाउँपालिका उपाध्यक्ष भगवती बमले उपचारका लागि ल्याउँदै गर्दा उहाँकै काखमा मृत्यु भएको बताइएको छ । उक्त जिप दु’र्घटनामा घा’इते हुनेको सङ्ख्या चार रहेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार दु’र्घटनामा परी घा’इते भएकाहरुको टाउको र ढाडमा ग’म्भीर चो’ट लागेको छ । उहाँका अनुसार दुर्घटनामा परी मृ’त्यु हुनेमा बोगटन फुड्सिल गाउँपालिका–७ का वडासचिव बैतडी सुर्यनया गाउँपालिका–६ मुलखटालीका २८ वर्षीया मञ्जु त्रिपाठी (अवस्थी), निजकी सासु अन्दाजी ६१ वर्षीया डम्बरी अवस्थी, केआइसिंह गाउँपालिका–४ का ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामा कार्यरत अन्दाजी ४० वर्षीय हरिनारायण भट्ट छन् ।

यसैगरी घु’र्टनामा परी घा’इते हुनेमा बोगटान फुड्सिल गाउँपालिका–६ का अन्दाजी ३० वर्षीय चालक कैलाश बम, कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ का २८ वर्षीय हेमन्त भट्ट, बोगटान फुड्सिल गाउँपालिका–७ का ४० वर्षीया खेमादेवी गिरी, सोही ठाउँ बस्ने अन्दाजी २६ वर्षीय ग्लोबल बैंकमा कार्यरत टीकाराम गिरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *