मिस नेपाल २०२०को उपाधि नम्रता श्रेष्ठलाई

मिस नेपाल २०२०को उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौँ:  नम्रता श्रेष्ठ मिस नेपाल २०२० को विजेता बनेकि छन् । मिस नेपालकाे ताज पहिरिएसँगै नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने भएकि हुन् ।

होटल पार्क भिलेजमा भएको मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै श्रेष्ठले मिस वर्ल्डको ताज पहिरिएकी हुन् । उनी पेशाले किनरगार्डेन टिचर हुन् ।

अन्तिम राउन्डका ६ जना प्रतिस्पर्धालाई ‘कल्पना गर्नुस् तपाईं एउटा सानो ढुंगा हो, जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ, तपाईं नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग फैलाउन चाहानुहुन्छ ? भनेर सोधिएको थियो ।

यस्तै मिस नेपाल सुप्रानेसनल उपाधि सिमल कनौजिया, मिस नेपाल इन्टरनेसनल उपाधि सन्ध्या शर्मा, मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठले जितकी छन् ।

Leave a Reply