कंगना रनावतलाई मीका सिंहको झटारो…

कंगना रनावतलाई मीका सिंहको झटारो…

बलिउड अभिनेत्री कंगना रनावतले किसान आ’न्दोलनका बारेमा नकारात्मक टिप्पणी गरेपछि शुरू भएको ट्वीटर यु’द्ध अझै शान्त भएको छैन। यतिबेला चौतर्फी रूपमा कंगनाका वि’रुद्ध वि’रोधका सुरहरू सुनिँदै छन्। जुन लडाइँ पहिले दलजीत र कंगनाका बीचमा देखिएको थियो अब त्यसमा तमाम सेलिब्रेटीहरू पनि जोडिएका छन्। प्रत्येक ठूला सेलिब्रेटीहरूले यतिबेला कंगनाको भनाइलाई ख’ण्डन गर्दै उनलाई भाषाप्रति संयम रहन सुझाइरहेका छन्।

कंगनाले सामाजिक सञ्जालमा लगातार गरेको बयानबाजीमाथि यतिबेला गायक मीका सिंहले प्रतिक्रिया जनाएका छन्। मीकाको नजरमा कंगना एउटी सुन्दर र होनाहार अभिनेत्री हुन् र उनले आफ्नो काम र अभिनयमा ध्यान दिनु आवश्यक छ। अचानक यति धेरै देशभक्ति देखाउन आवश्यक छैन त्यो पनि ट्वीटर र समाचारमा मात्र।

कंगना रनावतको किसान आन्दोलनप्रतिको दृष्टिलाई लिएर शुरू भएको बहसले यतिबेला राजनीतिक रूप लिएको छ। पंजाब काङ्ग्रेस समूह पनि यसमा जोडिएको छ। त्यसमाथि पंजाबी इन्डस्ट्रीका महारथी दलजित दोसाँझमाथिको तँ तँ म म सम्मको निजी हमलालाई मानिसहरूले नकारात्मक रूपमा लिएका छन्।

Leave a Reply