आदित्यको बिहेमा गोविन्दाले मर्काए कम्मर- हेर्नुस् (भिडियो)

आदित्यको बिहेमा गोविन्दाले मर्काए कम्मर-  हेर्नुस् (भिडियो)

गायक तथा टिभी होस्ट आदित्यनारायण र उनकी प्रेमिका स्वेताको विवाह हालै सम्पन्न भएको छ। एउटा प्राइभेट समारोहबीच दुबैले बिहे गरेका हुन्। त्यसपछि दुबैको बिहे पार्टी कार्यक्रम राखिएको थियो। यतिबेला आदित्य र स्वेताको विहेको एउटा नयाँ भिडियो बाहिरिएको छ। जसमा बलिउड नायक गोविन्दालाई आफ्नै स्टाइलमा कम्मर मर्काइरहेको देख्न सकिन्छ।

आदित्यनारायणको बिहे पार्टीमा बलिउड तथा टिभी कलाकारहरूको बाक्लै उपस्थिति थियो। सबै स्टारहरूले नयाँ जोडीलाई बधाइ तथा शुभकामना दिएका छन्। साथै सबैले डान्स पनि गरेका छन्। पार्टीमा बलिउडका हिरो नं १ गोविन्दा पनि पुगेका थिए। यस्तोमा डान्सका राजा गोविन्दाले कम्मर मर्काउनु त पर्‍यो नै।

आदित्यको बिहेमा गोविन्दाले गरेको डान्स यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। भिडियोमा उदितनारायण, पत्नी दिपानारायण, आदित्यनारायण, स्वेता अग्रवाल तथा गोविन्दाको साथमा उनकी पत्नी सुनिता पनि देखिएकी छन्। यी सबै उदितनारायणको `युपी बिहार ले ले ´ बोलको गीतमा कम्मर मर्काइरहेका छन्। हेरौं भिडियो

Leave a Reply